जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि

  भदौ २७, २०८०

काठमाडौं, २७ भदौ : औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । मङ्गलबार जारी तथ्याङ्क अनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो ।

प्रयोगमा आधारित वर्गीकरण अनुसार प्राथमिक वस्तुको परिसूचक १४१.७, पुँजीगत वस्तुमा १०१.६, मध्यवर्ती वस्तुको १५१.८ र पूर्वाधार तथा निर्माण सामग्रीको १६८. ५ रहेको मन्त्रालयले जनाएको छ । साथै उपभोक्ता टिकाउ र उपभोक्ता गैर टिकाउ वस्तुहरूको सूचकाङ्क क्रमशः ११८.१ र १५२.२ मा रहेको छ ।

तपाईको प्रतिक्रिया