अनुमति पाएसँगै कर्णाली करिडोरमा खटिए ५५६ कामदार

  जेठ १४, २०७७

सिमकोट जेठ १४ : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्यले बन्दाबन्दी जारी रहेकै बेला तिब्रता पाएको छ । बन्दाबन्दीबीच करिडोरले काम गर्ने अनुमति पाए लगत्तै यसअघि काम गर्दै आएका कामदारहरु बाटै कामलाई तिब्रता दिन नेपाली सेना सफल भएको हो ।

सर्वसाधारण साढे तीन सय तीस जना र नेपाली सेनाका २०६ जना गरि ५५६ जना कामदारले हुम्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि सलिसल्लासम्म काम तिब्र रुपमा गरि रहेको खुलालु, लैफु, कवाडी हुदै सलीसल्ला सडक निर्माण आयोजानका योजना प्रमुख मिलन कार्कीले बताउनुभयो ।

कामदारले पुल निर्माण गर्ने देखि भिर फुटाउने र ग्याबिन भर्ने काम एक साथ गरि रहनु भएको उहाँले बताउनुभयो । दैनिक चट्टानहरु फुटाउने कार्य पनि भई रहेको छ । हाल सेनाले निर्माण कार्य अगाडि बढाएको खण्डमा नयाँ कामदार नलिएर बन्दाबन्दी अगाडि काममा प्रयोग हुदै आएका ब्यक्तिहरुलाई नै सामाजिक दुरी कामय गरेर सुरक्षण बिधि पनि अपनाउने गरेको छ । प्राथमिक उपचार बिधि, औषधि र कामदारको बिमा समेत गरिएको छ ।

सर्केगार्ड गाउँपालिकाको तुम्चदेखि सलिसल्ला खण्डको सबै भागमा कामदार खटाएर सडक निर्माण गर्ने भई रहेकोले अगामी असार मसान्तसम्म प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न लक्ष सेनाको रहेको छ ।

हुम्ला खण्डको कवाडी देखि सलीसल्लासम्मको ६१ किलो मिटर दुरी रहेको छ । यो मध्य अधिकाँस भागमा सडकको ट्याक खोल्ने कार्य पुरा भएको छ । अब सात किलो मिटर असजिलो र चट्टानी भागमा काम तिब्र भै रहेको सेनाले जनाएको छ । सेनाको लक्ष आगामी असार मसान्तसम्म हुम्ला खण्डको ६१ किलो मिटर सडकको प्रारम्भिक ट्रयाक खोल्ने रहेको छ ।

यो लक्ष्य पूरा गर्न हाल सडक निर्माण स्थलमा बिहान साढे पाँच बजेबाट बेलुका सात बजेसम्म निर्माणको काममा सेना र कामदार खटि रहनुभएको छ । आगामी मंसीर महिनासम्म उक्त खण्डको बिस्तारको काम सकेर सडक बिभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बन्दाबन्दीको समयमा एक महिना करिडोरको काम रोकिएको थियो ।

तपाईको प्रतिक्रिया