मध्यराति प्रहरीले क्‍वारेन्टाइनमा कुटपिट गरेपछि सप्तरीको तनाव

  जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्‍वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्‍वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्‍वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् ।

स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आइ क्‍वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्‍वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् ।

मध्यराति प्रहरीले कोठा कोठामा छिरेर अभद्र व्यवाहार गर्दै कुटपिट गरेको अनु कुमारीले बताइन् । क्‍वारेन्टाइनमै रहेका शिव मुखियाले भने, ‘मदिरा सेवन गरेर आएका प्रहरीले बिनाकारण कुटपिट गरे ।’ क्‍वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया