नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ : राष्ट्रपति

  भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ ।

मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै ट्वीट गर्नुहुँदै उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

 ‘‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु’’, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया