चीनले भारतबाट आफ्ना नागरिक फर्काउँदै

  जेठ १३, २०७७

काठमाडौं, जेठ १३ : चीनले भारतमा समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । चीनले विद्यार्थी, पर्यटक, ब्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

भारतीय अखबार द इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार भारतस्थित चिनियाँ दूतबासाले एक सूचना प्रकाशित गरी स्वदेश फर्किन चाहनेलाई विशेष विमानको टिकट सुनिश्चित गर्न आग्रह गरेको छ । भारत कोरोनाभाइरस सङ्क्रमणको दशौं सबैभन्दा बढी प्रभाबित राष्ट्र बनेपछि चीनले आफ्ना नागरिक फर्काउन लागेको हो । उक्त सूचनामा पछिल्लो १४ दिनमा ज्वरो तथा खोकीको लक्षण भएका बिरामीलाई भने विशेष विमानमा स्थान नपाउने प्रष्ट्याइएको छ ।

यसअघि भारतले चीनबाट आफ्ना ७०० नागरिकलाई गत् फेब्रुअरी महिनामा बढ्दो सङ्क्रमणका बीच स्वदेश फर्काएको थियो । चिनियाँ नागरिकलाई स्वदेश फर्काउन भारतको विदेश मन्त्रालय, विभाग तथा चिनियाँ कुटनीतिक नियोगले आवश्यक पहल गर्ने समाचारमा उल्लेख गरिएको छ ।
चीनको वुहान शहरमा पहिलोपटक फेला परेको कोरोनाभाइरस विश्वका १९० राष्ट्रमा फैलेको छ । ५४ लाख व्यक्ति सङ्क्रमित भएका छन् । तीन लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया