उलानबटार, १५ भदौ : पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुग्नु भएको छ ।
बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उहाँको पहिलो औपचारिक भ्रमण हो । छयासी वर्षीय पोपको चारदिने मङ्गोलिया भ्रमण यो देशमा रहेका करिब एक हजार चार सय क्याथोलिक समुदायका लागि समर्थन जुटाउन अधिकतम उपयोग हुने बताइएको छ ।
अर्जेन्टिनाका नागरिक पोप बिहीबार रोमबाट मङ्गोलियाको राजधानी उलानबाटारको लागि प्रस्थान गर्नुभएको थियोे । नौ घण्टाको विमान यात्रा पूरा गरेपछि उलानबटार विमानस्थलमा अवतरण गर्नुभएका उहाालाई विदेशमन्त्री बाटमुन्ख बत्तसेसेगले स्वागत गर्नुभएको थियो ।






