भेडा चराउन कृषकहरू हिमालको फेदीमा

  भदौ ०९, २०८०

म्याग्दी, ९ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्‍याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्‍याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान थालेका छन् । 

समुन्द्री सतहदेखि ४ हजार ६ सय ६० मिटरको उचाइमा अवस्थित खयरभारानी थानमा पूजा र दर्शनका लागि जनैपूर्णिमाका दिन भक्तजनहरूको भीड लाग्ने गर्छ । थानमा मनोकाङ्क्षा पूरा भएपछि भेडा पाठाको बलि दिने प्रचलन रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया