काठमाडौं, ८ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्नु भएपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
अध्यक्ष यादव आउँदो भदौ २१ गतेसम्म भारतमै रहने कार्यक्रम रहेको छ । जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानु हुनेछ । उहाँ एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताउनुभयो । (रासस)