इस्लामावाद, ६ भदौ : पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ ।
पाकिस्तानी सेनाका कमाण्डोले कठोर परिश्रम एवं सैन्यकौशल प्रदर्शन गर्दै हेलिकप्टर प्रयोग गरेर समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा अड्किएको तुईनबाट उनीहरूको उद्धार गरेका हुन् ।
सेनाले अति जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेकामा कामचलाउ सरकारका प्रधानमन्त्री अन्वर उल अक ककारले सैनिक अधिकृतहरुप्रति बधाई ज्ञापन गर्नुभएको छ ।






