बुटवल,बैशाख १० : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका १० कोरोना संक्रमित शनिबार निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् ।
दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिनुभयो । “उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो”, थापाले भन्नुभयो । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।
भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भन्नुभयो, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”
बुटवलकोे कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिनुभयो ।
यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युुवक निको भएर घर फर्किनुभएको थियो । शुक्रबार बाँकेको खजुुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए ।
मुख्यमन्त्री पोखरेलको बधाई
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा हुनुभएका युवालाई बधाई दिनुभएको छ । “बधाई स्वास्थालाभ गर्नुहुने सबैलाई । अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई”, सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भन्नुभएको छ ।
प्रदेशमा कोरोना भाइरस जित्नेहरुको कुल संख्या ३२ पुगेको जनाइएको छ । यसअघि सोही अस्पतालवाट एक र बाँकेको खजुरास्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएको थाहा भएको छ ।
शनिबार रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् ।
दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।
‘बिरामी निको भएर पठाउँदा खुसी लागेको छ’, उनले भने, ‘आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिन्छ ।’
निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनले बताए । थापाका अनुसार अहिले अस्पतालमा ८ जना नयाँ बिरामी थपिएका छन् । धागो कारखानाको कोरोना अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या ३४ छ । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् ।
अस्पतालका अनुसार निको भएर फर्किएकाहरु कपिलवस्तुका हुनुहुन्छ । जो भारतबाट लुुकिछिपी आएको कपिलबस्तु प्रशासनले जनाएको थियो । अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाका अनुसार संक्रमितहरू मुक्त भएर घर फर्किंदा निकै हर्षमा हुनुहुन्थ्यो । यस अघि यही अस्पतालबाट रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर जानु भएको थियो ।
संक्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरु बढेपछि मुख्यमन्त्री शंकर पोखरेलले समेत सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै उहांहरुलाई बधाई दिनु भएको छ । दुई सय ७० भन्दा धेरै संक्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेहरुको संख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको संख्या दुई रहेको छ ।






