अफगानिस्तानमा ६ टा लागुऔषध प्रयोगशाला नष्ट, १५ जना पक्राउ

  भदौ ०३, २०८०

काबुल, ३ भदौ : अफगानिस्तानको प्रहरीले राजधानी काबुल र कान्दाहार, वर्दक र घोर प्रान्तमा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ६ वटा लागुऔषध प्रशोधन प्रयोगशालाहरू नष्ट गरेको छ ।

कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सूचनाका आधारमा लागुऔषध विरुद्ध प्रहरीले शनिबार देशव्यापी रुपमा कारबाही थालेको र पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा हेरोइन उत्पादनमा प्रयोग हुने सामग्री बरामद गरेको बताइएको छ ।

अफगान अधिकारीले अवैध लागुऔषध र भूमिगत व्यापारमा संलग्न व्यक्तिहरू विरुद्धको कारबाहीलाई तीव्र बनाएका छ । केही दिन अघि सुरक्षाकर्मीहरूले अफगानिस्तानका ३४ प्रान्तमध्ये ६ वटा प्रान्तमा १८ जना लागुऔषध तस्करलाई पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया