श्रीलङ्कामा खडेरीका कारण धानको अभाव नहुने

  भदौ ०३, २०८०

कोलम्बो, ३ भदौ : सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ ।

कृषिमन्त्री महिन्दा अमरवीरालाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चालू मौसममा पाँच लाख तीन हजार हेक्टर जमिनमा धान खेती गरिएको छ, जसमध्ये केही बाली खडेरीबाट प्रभावित भएका छन् ।

गत वर्ष रोपाइँको मौसममा राम्रो रोपाइँ भएकाले एक बर्ष धानको अभाव नहुने उहाँले बताउनुभयो । श्रीलङ्काको मौसम विज्ञान विभागले सेप्टेम्बरको अन्त्यसम्म सुख्खा याम जारी रहने पूर्वानुमान गरेको छ । श्रीलङ्काको मुख्य भोजन धान हो र दक्षिण एसियाली यस देशमा वर्षमा दुई मौसममा धान खेती गरिन्छ ।

तपाईको प्रतिक्रिया