काठमाडौं, जेठ ८ : नेपालमा कोरोना संक्रिमतको संख्या चार सय ५७ पुगेको छ । बिहीबार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बाँकेका २ र कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको हो ।
बाँकेका नरैनापुर-३ निवासी ३२ वर्षीय पुरुष र खजुरा-३ निवासी ४२ वर्षीया महिलालाई तथा कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म नेपाल संक्रमित पुष्टि भएकाहरुमध्ये ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोक,बाँके र गुल्मीका एक/एक जना गरी ३ जनाको मृत्यु भएको छ ।