जेनेभा, जेठ ८ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ सङ्क्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरूमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७०४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४०३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल सङ्ख्या ९४ हजार ९३६ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको सङ्ख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, बेल्जियममा ९ हजार १५०, जर्मनीमा ८ हजार २७० र नेदरल्यान्ड्मा ५ हजार ७४८ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८९४ काे मृत्यु भएकाे छ । इरानमा ७ हजार १८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
विश्वभर | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
५१,००,९१२ | २०,२६,१९९ | ३,२९,८९६ |
क्र.सं. | महादेश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
१. | युरोप | १८,४०,११२ | ८,२१,५३६ | १,६५,९५३ |
२. | उत्तर अमेरिका | १७,६५,७२० | ४,६८,३१९ | १,०८,२५३ |
३. | एसिया | ८,६७,७४१ | ५,०१,७८३ | २५,८९९ |
४. | दक्षिण अमेरिका | ५,२०,५२६ | १,९३,७५१ | २६,६३५ |
५. | अफ्रिका | ९७,४०४ | ३९,४२५ | ३,०२० |
६. | ओसेनिया(अस्ट्रेलिया) | ८,६८८ | ८,०२३ | १२१ |
दक्षिण एसियाली मुलुकहरु
१. | भारत | १,१२,४४२ | ४५,४२२ | ३,४३८ |
२. | पाकिस्तान | ४८,०९१ | १४,१५५ | १,०१७ |
३. | बंगलादेश | २६,७३८ | ५,२०७ | ३८६ |
४. | अफगानिस्तान | ८,६७६ | ९३८ | १९३ |
५. | श्रीलंका | १,०२८ | ६०४ | ९ |
६. | माल्दिभ्स | १,१८६ | ९१ | ४ |
७. | नेपाल | ४४४ | ४५ | २ |
८. | भुटान | २१ | ६ | – |