हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु भएको पुष्टि

  साउन २६, २०८०

काहुलुई, संयुक्त राज्य अमेरिका, २६ साउन : हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो । आगोको लप्का यति छिटो स¥यो, जसका कारण धेरै जना सडकहरूमा फसेका थिए वा भाग्नको लागि समुद्रमा हामफालेका थिए ।

“शहरको दृश्यलाई भिडियोमा हेर्दा वास्तवमा कसैले एक्कासी पूरै शहरमा बमबारी ग-यो । मानिसहरूले आगोबाट बच्ने विकल्प केही नहुँदा आगोको लप्काबाट जोगिन समुद्रमा हाम फालेका थिए । शहर पूर्ण रूपमा तहसनहस भएको छ,“ क्यानेडियन ब्रान्डन विल्सनले भन्नुभयो ।

विल्सने आफ्नी पत्नीसँग आफ्नो २५ औं वार्षिकोत्सव मनाउन हवाई जानुभएको थियो । विमानस्थलमा उडान भर्ने प्रयास भइरहँदा उहाँले दृष्यलाई प्रत्यक्ष देख्न सक्नुभएको थियो । आँसु झार्दै उहाँले भन्नुभयो, “यो हेर्न साँच्चै कठिन हुन्थ्यो । तिनीहरूले आफ्नो घर, आफ्नो जीवन, आफ्नो जीविकोपार्जन गुमाए ।”

यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई ठढेलो घटना एक हो । क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ । अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ ।

यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ, जहाँ विशाल डढेलो र बाढीले आतङ्क मच्चाएको छ । “आज हामीले जे देखेका छौं त्यो विनाशकारी भएको छ । सम्भवतः हवाई राज्यको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो,” गभर्नर जोस ग्रीनले भन्नुभयो ।

“सन् १९६० मा बिग आइल्याण्डमा ठूलो लहर आउँदा ६१ जनाको मृत्यु भएको थियो,” हवाई अमेरिकाको ५० औं राज्य बनेको एक वर्षपछि भएको त्रासदीतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो ।

माउ काउन्टीका अधिकारीहरूले बिहीबार राति ९ः०० बजेपछि दिएको जानकारीमा ५५ जनाको मृत्यु भएका पुष्टि गरिएको हो । अधिकारीहरूले १९ औं शताब्दीको सुरुमा हवाई राज्यको राजधानीको रूपमा रहेको शहरमा अग्निनियन्त्रकहरू अझै पनि आगोसँग जुधिरहेको बताएका छन् ।

लाहैनामाथि उडेका एएफपीका एक फोटोग्राफरले खिचेका तस्बिरहरूले यो कालो र धुम्रपानको भग्नावशेषमा परिणत भएको देखाउँछ ।

ग्रीनका अनुसार शहरको ८० प्रतिशत भाग हराइसकेको छ । उहाँले भन्नुभयो, “हामी सबैले दशकौंदेखि सँगै रमाएका र पुस्तौंदेखि देख्दै आएका भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।”

तपाईको प्रतिक्रिया