एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा भुसाल

  साउन २२, २०८०

काठमाडौँ, २२ साउन : नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा वेदुराम भुसालले पाउनुभएको छ ।

नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल आजदेखि आगामी भदौ १ गतेसम्म ती देशको भ्रमण गर्ने कार्यक्रम तय भएकाले उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया