संसद् खुलाउने पहल गर्न ध्यानाकर्षण

  साउन १९, २०८०

काठमाडौँ, १९ साउन : सुन तस्करीको विषयले संसद्को गतिविधि निरन्तर अवरुद्ध हुन थालेपछि राष्ट्रिय सभाले सरकारलाई आवश्यक पहल लिन आग्रह गरेको छ । अवरुद्ध हुँदै आएको बैठकलाई सहज रूपमा सञ्चालनको वातावरण बनाउन आवश्यक पहल गर्न सभाले सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भन्नुभयो, “सुन तस्करीको विषयले सभाका पछिल्ला गतिविधि र बैठक अवरुद्ध हुँदै गएका छन्। यस विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारलाई समेत यस विषयमा ध्यानाकर्षण गराउँछु र आवश्यक पहल लिनका लागि आग्रह गर्दछु ।”

तपाईको प्रतिक्रिया