राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सुरु

  साउन १७, २०८०

काठमाडौँ, १७ साउन : राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बुधवार बिहान आयोगका पदाधिकारी सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बैठक सुरु भएको हो ।

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति लगायतका विषयमा समीक्षा समेत बैठकमा हुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया