राष्ट्रपति पौडेलसँग राजदूत अलसम्सीको शिष्टाचार भेटवार्ता

  साउन १६, २०८०

काठमाडौँ, १६ साउन : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलसम्सीले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।

उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलपल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया