काठमाडौं, जेठ ४ : नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ ।
बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू विराटनगरका संक्रमित ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा संक्रमण पुष्टि गरेको छ ।
संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुष्टि गरे । आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ । ती मध्ये उपचारपछि निको भएर १७ जनालाई डिस्चार्ज गरिएको छ ।
अरु कोभिड–१९ उपचार केन्द्रमा राखिएका छन् । डिस्चार्ज गरिएकालाई रानीस्थित क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश १ मा संक्रमितमध्ये उदयपुरका ३३, झापाका दुई, मोरङका दुई, भोजपुरका एक र धनकुटाका एकजना छन् । नेपालमा संक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।
बाँकेमा आजै एकजनाको मृत्यु भएका परीक्षणका क्रममा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या २९५ पुगेको छ । यसअघि आजै रौतहटका १० जनामा कोराना भेटिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।