ह्याकरलाई ‘जवाफदेही’ बनाउने ब्लिन्केनको भनाइ

  असार २८, २०८०

जकार्ता, २८ असार : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार चीनका उच्च कूटनीतिज्ञसँग वासिङ्टनले ह्याकरहरूलाई जवाफदेही बनाउने बताउनुभएको छ ।

जकार्तामा वाङ यीसँगको वार्तामा ब्लिन्केनले अमेरिकी सरकार, अमेरिकी कम्पनी, अमेरिकी नागरिकलाई लक्षित गरी गरिने कुनै पनि कार्य अमेरिकाको लागि गहिरो चासोको विषय भएको र जिम्मेवारलाई जवाफदेही बनाउन उपयुक्त कदम चाल्ने उहाँले बताउनुभयो ।

नाम नबताउने शर्तमा ती अधिकारीले ब्लिन्केनले नयाँ मुद्दा उठाएको तर वासिङ्टनका उच्च कूटनीतिज्ञले चीनमाथि प्रत्यक्ष संलग्नताको आरोप लगाएको हो कि भन्ने बारे केही बताउनुभएन ।

माइक्रोसफ्टले यसै साता चिनियाँ ह्याकिङ समूहले जासुसी गर्ने लक्ष्यका साथ करिब २५ वटा संस्थामा पहुँच प्राप्त गरेको बताएको थियो ।

ब्लिन्केनले बेइजिङको दुर्लभ भ्रमण गरेको एक महिना नबित्दै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठनको बैठकका क्रममा अमेरिकी विदेशमन्त्री र उहाँका चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।

विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच कूटनीतिको नयाँ लहरको बावजुद, संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्ना दुई सेनाहरू बीच सञ्चार पुनः सुरु गर्न राजी गर्न असफल भएको छ । यी घटनाहरूलाई चौतर्फी द्वन्द्वमा परिणत हुनबाट रोक्नको लागि महत्वपूर्ण मानिन्छ ।

ब्लिन्केनले भन्नुभयो, “हाम्रा दुई सेनाबीच सञ्चारका माध्यमहरू खुला राख्नु हाम्रो दायित्व हो । “मलाई लाग्छ कि हामीले त्यसो गर्नु अत्यावश्यक छ । हामीले त्यो हासिल गर्न सकेका छैनौं,” उहाँले भन्नुभयो ।

उक्त भेटवार्तामा वाङ यीले आफ्ना रक्षामन्त्री ली शाङफुमाथि अमेरिकी प्रतिद्वन्द्वी रूससँग हतियार खरिद गरेको आरोपमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया