नेकपा (एस) ले बजेटको पक्षमा मतदान गर्ने

  असार १३, २०८०

काठमाडौँ, १३ असार : नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रेमबहादुर आलेले जानकारी दिनुभयो ।

यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने जनाउँदै आउनुभएको थियो । आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०÷८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।

तपाईको प्रतिक्रिया