नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

  जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ, लैजान लागिएको हो ।

 

तपाईको प्रतिक्रिया