पोलमा चढ्नुभएका माझीको उद्धार

  बैशाख ३०, २०८०

विराटनगर, ३० वैशाख : सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीको उद्धार गरिएको छ ।

उहाँको माग सम्बोधन गर्न गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर त्यस स्थानमा पुग्नु भएपछि माझीलाई सकुशल उद्धार गरिएको हो ।

यसअघि उहाँको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल नभएपछि गाउँपालिकाका अध्यक्ष त्यहाँ पुग्नुभएको हो । हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा उहाँ बिहान ६ बजेदेखि चढ्नुभएको थियो ।

१ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलबाट उहाँलाई उद्धार गर्न निकै लामो समय लागेको थियो ।

तपाईको प्रतिक्रिया