यार्सा टिप्न हिँडेका तीन जना बेपत्ता

  बैशाख २३, २०८०

मुगु, २३ वैशाख : हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिनुभयो ।

पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उहाँहरु मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताउनुभयो ।

“दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो रु हिउँपहिराका कारण हो कि अन्य कारण हो रु बेपत्ताको अवस्था के छ ? प्रहरी पुगेमात्र आधिकारिक जानकारी आउनेछ”, जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया