सत्तारुढ गठबन्धन दलको बैठक शुरु

  बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सहभागिता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ छ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ । बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया