सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

  बैशाख २०, २०८०

जुबा, दक्षिण सुडान, २० वैशाख : सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन्

दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना एसएएफ प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल -यापिड सपोर्टं फोर्सेस ९एसएएफ०प्रमुखले भोलि वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन् ।

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताउनुभयो । उहाँले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिनुभएको छ । शीघ्र वार्ताका निम्ति प्रतिनिधिका नाम पठाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया