नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई

  बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स ९युएई०लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । उहाँले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ ।

तपाईको प्रतिक्रिया