हिरोशिमाका तेईस जना बासिन्दाद्वारा ‘ब्ल्याक रेन’ को शिकार भएको दावी गर्दै मुद्दा दायर

  बैशाख १६, २०८०

टोकियो, १६ वैशाख : जापानको हिरोशिमाका २३ जना बासिन्दाले सन् १९४५ मा भएको आणविक बम विस्फोटपछि रेडियोधर्मी ‘कालो वर्षा’को शिकार भएको आफ्नो हैसियतलाई मान्यता दिन माग गर्दै हिरोशिमा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

शुक्रबार मुद्दा दायर गरेको मुद्दामा ७० देखि ९० वर्ष उमेर समूहका वादीहरूले ‘कालो वर्षा’को दायरा सरकारको दाबीभन्दा निकै फराकिलो भएको र यउनीहरू रेडियोधर्मी वर्षाको चपेटामा परेको पाइएमा उनीहरू बिरामी भए वा नभए पनि पीडितका रूपमा पहिचान गरिनुपर्ने तर्क गरेका छन् ।

सन् १९४५ मा हिरोशिमा र नागासाकीमा अमेरिकी आणविक बम विष्फोट भएपछि भएको बर्षा ९ब्ल्याक रेन० भनेको आणविक पतन वा रेडियोधर्मी कालो वर्षा हो ।
‘ब्ल्याक रेन’ वा पानीले भिजेको र त्यसबाट दूषित अन्नबाली खाँदा मानिस रोगबाट पीडित हुन्छन् ।

जापानी सरकारले आणविक विष्फोटबाट रेडियोधर्मी रूपमा दूषित क्षेत्रहरूलाई ‘कालो वर्षा’ को अवधि र दायराअनुसार भारी वर्षा क्षेत्र र हल्का वर्षा क्षेत्रहरूमा विभाजन गरेको थियो । कानून अनुसार भारी वर्षा क्षेत्रहरूमा विकिरण–सम्बन्धित रोगहरूबाट पीडित बासिन्दाहरूलाई मात्र आणविक विस्फोटको शिकारको रूपमा पहिचान गरिएको र सम्बन्धित राज्य उपचारमा पहुँच दिइएको थियो ।

जुलाई २०२१ मा, हिरोशिमा उच्च अदालतले सुनाएको फैसलामा हिरोशिमा प्रान्तका ८४ व्यक्तिहरूले राज्यको स्वास्थ्य हेरचाहसम्बन्धी लाभहरू प्राप्त गर्न योग्य भएको निर्णय सुनाइएको थियो ।

यद्यपि उनीहरू सरकारद्वारा मान्यता प्राप्त क्षेत्रभन्दा बाहिरको ‘कालो वर्षा’ को सम्पर्कमा थिए ।
रासस

तपाईको प्रतिक्रिया