लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

  बैशाख ११, २०८०

दाङ, ११ वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज बिहान ११ : ०० बजे बस्ने प्रदेशसभाको बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

एमालेबाट मुख्यमन्त्री बन्नुभएका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि गिरीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गर्नुभएको छ ।

यो अङ्कगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मत मात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्‍याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ ।

तपाईको प्रतिक्रिया