बारा–२ : दुईवटा मतपत्र खसाउन खोजेपछि जसपा नेता पक्राउ

  बैशाख १०, २०८०

काठमाडौं, १० वैशाख :  दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि बारा–२ बाट जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्।

जिल्ला समन्वय समितिका सदस्य समेत रहेका रामसागर यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट पक्राउ गरिएको हो।

यादवले स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया