कपिलवस्तुका तीन संक्रमित पाँच दिनअघि मुम्बैइबाट लुकेर नेपाल आएका थिए

  बैशाख २७, २०७७

बुटबल, वैशाख २७ : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका कपिलबस्तुका तीन युवा पनि अघिल्ला संक्रमित दुईजना जस्तै भारतबाट भएका र सोही दिन सोही नाकाबाट फरक समूहमा नेपाल प्रवेस गरेको पाइएको छ ।

जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरु तीनै मायादेवी गाउपालिका २ का हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टि भएसंगै उनीहरुलाई आजै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

उनीहरु भारतको मुम्मबइबाट चाकरचौराह नजीकको दशगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । बैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।
युवाहरुले सिधै क्वारेन्टाइनमा आएको बताएका छन् । यद्यपि यसबारे स्थानीयसंगबाट सत्यतथ्य बुझ्न बाकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

उनीहरुमध्ये एक जना मुस्लिम र दुई जना अन्य समूदायका छन् । यसअघि २ दिनअघि कोरोना संक्रमण देखिएका २ जना पनि मायादेवी गाउपालिका २ कै रहेका थिए । उसैदिन मुम्मईबाट आएका भएपनि उनीहरु छुट्टाछुट्टै समूहमा आएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया