लण्डन, २२ चैत : राजा चाल्र्स तृतीयको आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएकोछ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हाल्नुभएका राजा चाल्र्सको राज्याभिषेकाको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाउनुभएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उहाँले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनुहुनेछ ।






