बुटवलको सेवा र विकास रणनीति तय गर्न छलफल

  चैत ०२, २०७९

लुम्बिनी,चैत २ : बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज महिला स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कका अगुवासँग छलफल गरेको छ ।

छलफलमा सहभागीले बुटवलको स्वास्थ्य र हरियाली सहरका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले महिला स्वयंसेविका, पार्क तथा सामुदायिक वन उपभोक्ता समूहका अगुवासँग छलफल गरेको हो ।

सहभागी वक्ताहरूले बुटवल उपमहानगरलाई देशकै अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले बुटवललाई साझा सहरका रूपमा स्थापित गर्दै अगाडि बढ्न सबै क्षेत्रको साथ जरुरी रहेको बताउनुभयो ।

उहाँले महिला स्वयंसेविकाका समस्यालाई स्थानीयरूपमा समाधान गर्न सकिने र सङ्घ वा प्रदेशबाट समाधान हुने गरी अगाडि बढाउने बताउनुभयो । उहाँले सामुदायिक वन र पार्कलाई पर्यटकीयस्थल र विश्रामस्थलका रूपमा विकसित गर्दै जानुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया