२६ फागुन, काठमाडौँ । काठमाडौँको घण्टाघरमा पैदल यात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदल यात्रु घाइते भएका छन् ।
मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा आज बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो । घाइते भएका पैदल यात्रु काठमाडौँको नैकाप बस्ने ५८ वर्षीय अशोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।






