आँप र लिचीका बोटमा झपक्क मञ्जर

  फागुन २४, २०७९

यसपाली फलपूलखेती गर्ने किसानको मुहारमा खुसी छाएको छ । आँप, लिचीलगायतका फलका बोटमा झपक्क मञ्जर लागेपछि उनीहरु रमाएका हुन् । बगैँचामा आँप र लिचीका बोटका हाँगा मज्जरको भारले लपक्क नुहेका देखिन्छ ।

फलपूmल खेतीमा राजा मानिने आँपमा पात नै नदेखिने गरी बोटमा मज्जर लागेको छ । त्यसैगरी लिचीका बोट पनि राम्ररी फुलेका छन् । बगैँचामा आँप र लिचीका बोटका मज्जर हेरेर किसान अहिले राम्रो उत्पादन हुने आशमा खुशी छन् । आँप, लिची दुबै बगँैंचा खेतीका मुख्य बाली भए पनि जिल्लामा बगैँचा भनेपछि आँप नै बुझिने गरिन्छ ।“हेर्नोस न, आँपका बोटमा मज्जरले पात देखिँदैन, यो मज्जर चिचिला लाग्ने हो भने यसपालि राम्रो आम्दानी हुनेछ” बर्दिबास–९ पशुपतिनगरका बगैँचा खेती गरेका किसान सुरज सिंह कुशवाहा भन्नुहुन्छ, “बोटमा देखिएको मज्जरले सारा दुःख बिर्साएको छ ।” मज्जरको वासना अहिले चारैतिर छरिएको छ ।

यसपालि आँप राम्रो फल्ने आशले कुशवाहासहितका पशुपतिनगरका किसान मख्ख देखिन्छन् । महतोजस्तै छिमेकको भङ्गाहा–४ का फलपूmल खेती गर्दै आउनुभएका किसान हरिदेव साहको मन पनिे प्रफुल्ल छ । “हाम्रो खुसी र हाँसो यही बगैँचामा छ” बगैँचामा मज्जरले लपक्क नुहेका आँपका बोट देखाउँदै उहाँ भन्नुहुन्छ, “बोटमा राम्रो मज्जर छ, आँप राम्रो फल्ने आश छ ।”

पशुपतिनगरका मात्र नभएर व्यावसायिक रुपमा आँप, लिचीसहितका फलपूmल खेती गर्ने जिल्लाका सबै भेगका किसानलाई आफ्ना बोटमा खेलेको मज्जरले अहिले दङ्ग बनाएको छ । “हेर्नोस् न, मज्जरले छोपेर पात हाँगा केही देखिएका छैनन्, मज्जरको भारले हाँगा पनि नुहेका छन्” बर्दिबास नगरपालिका–५ चेरुका किसान होतराज घिमिरेले आफ्नो आँप बगैँचातिर देखाउँदै भन्नुभयो,“ठूलो हावाहुरी नआएर मधुवा ९मज्जरमा लाग्ने एक किसिमको कीरा, रोग० नलागे त यसपालि आँप राम्रो आश छ ।” अहिले मधुवा नलागीदेओस् र आउने चैत र वैशाखमा हुरिबतासले आँपका चिचिला नझारी देओस् भन्ने उनीले कामना समेत गरिरहेका छन् ।

महोत्तरीसहितका मध्यपूर्वी मधेश–तराईमा चैत÷वैशाख रुखो र हुरिबतासको समस्या हुने महिना मानिन्छन् । अहिले असिनारहित माटोमा पर्याप्त चिस्यान पुग्ने गरी वर्षा होस् भन्ने फलपूmल र अन्य खेती लगाएतका किसानको चाहना छ । तर यसपालि हिउँदे वर्षा नहुँदा किसानलाई मज्जरमा मधुवा लाग्नेहो कि भन्ने पीर छ । अहिले किसान मज्जरमा मधुवा नलागोस् भनेर पूर्व उपचारका लागि औषधि पानी छर्कदै छन् । वर्षा भए दिने हो भने मज्जरमा लाग्ने कीरा, रुखमा लागेको जालो र पातका दाग आफैं पखालिएर झर्ने किसान बताउँछन् ।

“वर्षाको पानी अमृतझैं हुन्छ” बर्दिबास–६ मनहरिपुरका किसान किसान विन्देश्वर यादव भन्नुहुन्छ । त्यसैले यसपालि हिउँदे वर्षा नभएर किसान चिन्तित छन् । हिउँदे वर्षाले मज्जरको डाँठ बलियो बनाउने, आँपका रुखमा लागेका कीरा पखाल्ने र जरामा पर्याप्त चिस्यान हुँदा पूmल नझर्ने र चिचिला बोटमा राम्ररी अडिने उहाँको अनुभव छ । हिउँदे वर्षा नभएपछि रुखका जरामा सधैँजसो ओसारेर पानी हाल्नु परेको र बोटमा पानीकै फोहरा ९मज्जरमा पानी छर्कने० दिने गरिएको बर्दिबास–५ चेरुका किसान राजन पौडेल बताउनुहुन्छ ।

अहिले हिउँदे वर्षा नभएर पानीका मुहान सुक्दै गएका हुँदा सास्ती बढेको दुई बिघाभन्दा बढी बगैँचा खेती गर्नुभएका उहाँको भनाइ छ । फलका रुखका लागि बाहिरी प्रयत्नबाट गरिएको सिञ्चाइ र फोहरा वर्षाको पानीजस्तो प्रभावकारी नहुने किसान बताउँछन् । जिल्लाका सबै भेगमा धेरथोर आँप बगैँचा लगाइएको भए पनि बर्दिबास, गौशाला, औरही, मटिहानी, मनराशिशवा र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिक रुपमै बगैँचा खेती गरिएको छ ।

खासमा बर्दिबास नगरपालिकाका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, गणन्ता, चेरु, सोनापेटी, वरडाँडा, माइस्थान, पाटु, भव्सी, विजलपूरा र पशुपतिनगरका धेरैजसो किसानको खेती भनेकै आँप बगैँचा हो । त्यसैगरी गौशाला नगरक्षेत्रका पडरिया, कालीपुर, भरतपुर, लक्ष्मीनियाँ, फुलकाहा, बेलगाछी, कुष्माढी, रजखोर र रामनगर बगैँचा खेतीका पकेटक्षेत्रका रुपमा मानिन्छन् ।

यस्तै भङ्गाहा नगरपालिकाका बस्तीमा पनि बगैँचा खेती बढ्दो छ । बगैँचा खेतीमा खासगरी आँप, लिची, सपाटो र रुखकटहर जिल्लाका मुख्य फल हुन् । यी सबै गृष्मकालीन फल हुन् ।

कटहरमा फुल झर्ने र मधुवा लाग्ने प्रकोप त्यति नदेखिएपनि आँप र लिचीमा यो समस्या मुख्य भएको किसान बताउँछन् । “कटहरको पूmलको डाँठ कडा र मोटो हुन्छ, सामान्य हावाहुरीले छुदैन, तर आँप र लिचीका डाँठ कोमल र साना हुने हुँदा सानोतिनो हावाहुरीले पनि मज्जर र टिकोला बग्रेल्ती झार्छ” बर्दिबास–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो भन्नुहुन्छ । मधुवाको समस्या पनि आँप र लिचीमा बढी हुने महतोसहितका किसानको अनुभव छ । सपाटो चैं व्यवसायको रुपमा नभइ किसानले शोभा र आफ्नो घरका परिवारजनका लागि मात्र लगाउने गरेका पाइएको छ ।

तपाईको प्रतिक्रिया