उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता, नेपाललाई एलडिसिजको ‘कोअर्डिनेसन ब्यूरो’को जिम्मेवारी

  फागुन २४, २०७९

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम् विकसित राष्ट्रहरू एलडिसिजको पाँचाँै अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाई मङ्गलबार राति स्वदेश फर्कनुभएको छ ।

यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी दिएको छ । एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ ।

उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज उठाएको बताउनुभयो । सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्टित राष्ट्रले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु सङ्कटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्थाले पैदा गरेका चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारिक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्ले सोच्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाको कार्यान्वयनमा विशेष जोड दिइएको छ । संयुक्त राष्ट्र सङ्घद्वारा जारी ‘सस्टेनेबल डिभलपमेन्ट गोल’लाई सन् २०३० सम्ममा हासिल गर्ने छलफल समेत सम्मेलनमा भएको थियो ।

सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज नेपालले उठाएको थियो ।

तपाईको प्रतिक्रिया