दोहा, फागुन २३ : कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साथै उहाँले अर्का एक जनालाई गृहमन्त्री बनाउनुभएको छ ।
अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिनुभएको राजीनामा अमिरले स्वीकृत गर्नुभएको छ ।
विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिनुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।






