काठमाडौं, वैशाख २० : आफैंले शनिबार चार बजे बोलाइएको सचिवालय बैठक ५ बजेका लागि सारेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
प्रधानमन्त्री ओली शनिबार अपारन्ह साढे ४ बजे शितल निवास आएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए । भेटको विषयवस्तुबारे आफूलाई थाहा नभएको र यो नियमित भेटघाट भएको उनले बताए ।
शनिबार ४ बजेलाई बोलाइएको नेकपाको सचिवालय बैठक साढे ५ बजेलाई सारेर प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए । त्यसलगत्तै उनी शितल निवास पुगेका हुन् ।