रामपुर (पाल्पा),फागुन २० : नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभापतिमा बाबुराम कार्की निर्वाचित हुनुभएको छ ।
उहाँ यसअघि शाखाको वरिष्ठ कार्यकारी अधिकृतको रुपमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कार्की अधिकृतको जिम्मेवारीबाट राजीनामा दिएर सभापतिको उम्मेदवार बन्नुभएको हो ।
उपसभापतिमा भिमसेन कार्की, महिला उपसभापतिमा विनिता लुुइँटेल र मन्त्रीमा केशवराज नेपाल निर्वाचित हुनुभएको छ ।
शाखाको कोषाध्यक्षमा सन्तोष खनाल, उपमन्त्रीमा कमलराज भट्टराई, उपकोषाध्यक्षमा सन्तोषकुमार शर्मा नेपाल निर्वाचित भएको शाखाले जनाएको छ ।
यसैगरी शाखा सदस्यमा शारदाकेशी रायमाझी, मीनाकुमारी राना, भगवती न्यौपाने अर्याल, डा झपेन्द्र ढकाल, राजेश श्रेष्ठ, हरिप्रसाद न्यौपाने, केशवप्रसाद पौडेल, त्रिरत्नलाल शाक्य, भेषराज तिमिसिल्ना, मोतिराज अधिकारी निर्वाचित हुनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटीको गतिविधिलाई व्यापाक रुपमा अगाडि बढाउने र सामाजिक हितको भावनाले काम गर्ने नवनिर्वाचित कार्कीले प्रतिबद्धता जनाउनुभएको छ ।






