जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ ।
संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स ९युएई० राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, एनटिएनसी, बेकर्सडेन, सम्बन्धित स्थानीय तहलगायत सङ्घसंस्था र निकायको सहयोग एवं सहकार्य रहने बताइएको छ ।
जलवायु परिवर्तन र वातावरणका क्षेत्रका कार्यरत साथसाथै गत वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा सगरमाथाको कालापत्थरमा एक कार्यक्रम गरी ‘कालापत्थर घोषणापत्र’ जारी गरेको थियो । ‘कालापत्थर घोषणापत्र’ पछि सो क्षेत्र आसपास बर्सेसि कार्यक्रम गर्ने योजनाअनुसार यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री डा विमला राई पौड्याल, युएई राजदूतावासका प्रतिनिधि, विज्ञलगायतको सहभागिता रहने उहाँले बताउनुभयो ।
“कार्यक्रममार्फत हामी जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२८० मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका समस्या उजागर गरोस् भनी सम्बन्धित निकायलाई दबाब दिन चाहन्छौँ”, उहाँले भन्नुभयो । फागुन २४ गते जलवायुका क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी विज्ञको समुपस्थितिमा सगरमाथाको स्याङ्बोचेमा जलवायु न्यायका लागि विशेष अन्तक्र्रिया गरिने, फागुन २५ गते सगरमाथाकै नाम्चेमा जलवायुले महिलाको जनजीवनमा पारेको असरका विषयमा अर्को सेमिनार आयोजना गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।
हिमाली जनजीवन विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने कार्यक्रमको उद्देश्य छ ।






