दक्षिण अफ्रिकाले अगस्टको अन्त्यमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

  फागुन १८, २०७९

जोहानेसबर्ग, फागुन १८ : दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ ।

राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गर्नु भएको जानकारी अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकबले सो बारे निर्णय गरेको हो ।

यस वर्षको शिखर सम्मेलन ‘ब्रिक्स र अफ्रिकास् पारस्परिक द्रुत वृद्धि, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी’ भन्ने नाराका साथ आयोजना हुने पनि मन्त्रीले जानकारी दिनु भएको छ ।

क्षेत्रीय सङ्गठन ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । दक्षिण अफ्रिकाले सन् २०२३ जनवरी १ देखि ब्रिक्सको अध्यक्षता ग्रहण गरेको छ ।

तपाईको प्रतिक्रिया