चन्द्र भण्डारीलाई हल्का संक्रमण देखियो

  फागुन १८, २०७९

काठमाडौं, फागुन १८ : नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारीलाई हल्का संक्रमण (इन्फेक्सन) देखिएको छ ।

सांसद भण्डारीको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्नुहुँदै कांग्रेस नेता योगराज कँडेलले हल्ला संक्रमण देखिएकाले एन्टीवायोटिक्स चलाइएको जानकारी दिनुभएको छ ।

नेता कँडेलका अनुसार सांसद भण्डारीलाई ज्वरो नआएको र अरु पारामिटर सबै सामान्य रहेको छ । त्यस्तै, आज ड्रेसिङको काम हुनेछ भने भण्डारीको उपचार आईविसियू (आईसियू) को प्रोटोकल अनुसार भइरहेको नेता कँडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया