प्रदेश १ : कोसी नाम राख्ने प्रस्ताव दर्ता भएको केही घन्टामै कांग्रेसले लियो समर्थन फिर्ता

  फागुन १७, २०७९

विराटनगर । नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ। प्रदेश–१ को नाम कोसी राख्न गरेको एमालेको प्रस्तावमा आफ्नो समर्थन फिर्ता लिएको हो ।

नेकपा एमालेले कोसि नाम राख्न गरेको प्रस्तावमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी थिए। समर्थन फिर्ता गरेको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ। यता माओवादी केन्द्रले भने कोसीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरेको सांसद गणेश उप्रेतीले बताए।

माओवादीले प्रस्तावमा समर्थक बसेन भनेर कांग्रेसले फिर्ता लिएको बताइएको छ।

तपाईको प्रतिक्रिया