बेलारूसी राष्ट्रपति चीन भ्रमणमा जाँदै

  फागुन १५, २०७९

बेइजिङ, फागुन ५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ।

सन् १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मनु भएका लुकाशेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल इन्स्टिच्युट र बेलारूसी कृषि एकेडेमीबाट स्नातक गर्नु भएको छ।

उहाँ बेलारुस गणतन्त्रको सर्वोच्च परिषद्को उपसभापति र बेलारूसी संसद्को भ्रष्टाचार विरोधी समितिको अध्यक्ष हुनुहुन्थ्यो।

सन् १९९४ जुलाईमा लुकासेन्को बेलारूसी इतिहासमा पहिलो राष्ट्रपति चुनिनु भएको थियो। उहाँ सन् २००१, २००६, २०१०, २०१५ र २०२० मा राष्ट्रपति पदमा पुनःनिर्वाचित हुनु भएको हो ।

तपाईको प्रतिक्रिया