प्रधानमन्त्री दाहाल फागुन १९ गते दोहा जानुहुने

  फागुन १४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु ९एलडिसिज०को पाँचाँै सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जानुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जानुहुने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उहाँ संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुनुहुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो ।

दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया