जर्मन चान्सलर स्कोल्ज र भारतीय अधिकारीबीच ईयूसँग व्यापार सम्झौताका लागि छलफल हुने

  फागुन १३, २०७९

नयाँ दिल्ली, फागुन १३ : जर्मन चान्सलर ओलाफ स्कोल्जले दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक र रक्षा सम्बन्धलाई प्रगाढ बनाउन र युक्रेनको विवादका बावजुद युरोपेली संघ (ईयू) व्यापार सम्झौतामा प्रगति हासिल गर्न शनिबार भारत भ्रमण गर्नुभएको छ ।

“हामी भारतसँगको द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनलाई कम गर्ने र हाम्रो अर्थतन्त्रलाई दिगो तरिकाले रूपान्तरण गर्ने जस्ता विश्वव्यापी मुद्दाहरूमा हाम्रो सहयोगलाई अझ मजबुत बनाउन चाहन्छौं,” स्कोल्जले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भन्नुभयो ।

उहाँले भन्नुभयो, “नवीकरणीय ऊर्जा, हाइड्रोजन, मोबिलिटी, फार्मा, डिजिटल इकोनोमी र अन्य धेरै क्षेत्रहरूमा तीव्र सहयोगको लागि ठूलो सम्भावना छ ।”

सिमेन्स जस्ता ठूला जर्मन कम्पनीका अधिकारीहरूको साथमा स्कोल्जले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुभएको छ ।

अधिकारीहरूका अनुसार स्कोल्जले युरोपेली सङ्घ र भारतबीच व्यापार सम्झौताको दिशामा प्रगतिका लागि दबाब दिनुहुनेछ ।

यो लामो समयदेखि कर र युरोपमा भारतीय कामदारहरूको पहुँचमा असहमतिका कारण रोकिएको छ ।

बर्लिनस्थित एक जर्मन अधिकारीले दुई देशबीच केही दूरी कायम रहेको र भ्रमणले यसलाई सकारात्मक दिशा दिनेछ ।

“अधिकारीहरूले यस वर्षको अन्त्यसम्ममा सम्झौतालाई पूरा गर्न चाहन्छन् भने केहीले सम्झौता अर्को वर्षको ग्रीष्मऋतु सम्म पनि सकिनेमा चुनौती रहेको बताएका नाम नबताउने शर्तमा ती अधिकारीले उल्लेख गरे ।

ब्लूमबर्ग न्यूजका अनुसार जर्मनीको ‘थिसेनक्रुप मरिन सिस्टम्स’ले भारतमा छ वटा पनडुब्बी निर्माण गर्ने प्रस्तावमाथि स्कोल्जले छलफल गर्ने कार्यक्रम छ ।

“सुरक्षा र प्रतिरक्षा सहयोग हाम्रो रणनीतिक साझेदारीको महत्वपूर्ण स्तम्भ बन्न सक्छ । यस क्षेत्रमा, हामी हाम्रो अप्रयुक्त क्षमतालाई साकार पार्न काम जारी राख्नेछौं,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्कोल्जसँगको छलफलको एजेन्डाबारे पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो ।

तपाईको प्रतिक्रिया