सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीयहरु खुसी

  फागुन १३, २०७९

वर्षांैदेखि खानेपानीको समस्या झेल्दै आएका पर्साको ठोरी गाउँपालिका १ सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । ठोरी गाउँपालिकाले कूल रु सात लाखको लागतमा इनार निर्माण गरी ट््याङ्कीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन् । गाउँपालिकाले इनारमा पानी तान्ने मोटर लगाई ट्याङ्कीमा पानी झारेपछि त्यस गाँउका स्थानीयले पानीलाई भोग्नुपरेको समस्याबाट छुटकारा पाएको बताएका छन् ।

“हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ”, स्थानीयवासी दिलबहादुर कुँवरले भन्नुभयो, “खानेपानीको ट्याङ्कीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छ ।” खानेपानी अभावका कारण बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो । कुँवरले भन्नुभयो, “पहिला यहाँ १८ घरपरिवारको बसोबास थियो, तर खानेपानीकै अभावले केही वर्षअघि नौ घर परिवार त्यहाँबाट विस्थापित भयो”, खानेपानी नपाएर हामी पनि यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका थियाँै, तर अब पानी खान नपाएर मरिन्छ की भन्ने त्रासबाट मुक्ति मिलेको छ”, उहाँले भन्नुभयो ।

“घर अगाडिको पानी ट्याङ्कीमा पूजा गरे, धारामा पानी झरेपछि टुटी खोलेर गाग्रीमा पानी थापेपछि असाध्यै खुसीको अनुभूति भएको छ”, खानेपानीका लागि लामो समयसम्म सङ्घर्ष गरेका कुँवरले भन्नुभयो, “अहिले जीवन नै फेरिएको जस्तो महसुस भइरहेको छ ।”

पानीको लागि सङ्घर्ष गरेका स्थानीयको समस्यालाई मध्यनजर गरी इनारबाट ट््याङ्कीमा पानी ल्याउन सफल भएको ठोरी गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो । “इनारबाट मोटरले पानी तान्न सक्दैन् कि भने चिन्ता थियो”, उपाध्यक्ष रेग्मीले भन्नुभयो, “तर इनारबाट ट्याङ्कीमा पानी ल्याउन सफल भएका छौँ, अब खानेपानीकै कारण बस्ती विस्थापन हुन्छ की भन्ने अवस्था फेरिएको छ”, निर्वाचित भएदेखि नै सो बस्तीमा पानी पु¥याउने आफ्नो चाहना थियो र त्यो सफल भएपछि सुखीको अनुभूति भइरहेको उपाध्यक्ष रेग्मीको भनाई छ ।

तपाईको प्रतिक्रिया