इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला

  फागुन १२, २०७९

कायरो, फागुन १२ : संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्विक तथा पुरातात्विक मन्त्रालयको विज्ञप्तिमा शुक्रबार उल्लेख गरिएको छ ।
“माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू खोतल्नका लागि यो खोज अत्यन्तै महत्त्वपूर्ण छ,” पुरातन वस्तुहरूको सर्वोच्च परिषद्का अध्यक्ष मुस्तफा वजिरीले भन्नु भएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ -रोमन-युगका चिहानहरूमा कुनै ढक्कन वा पाण्डुलिपिहरू भेटिएनन् जबकि कप्टिक-युगहरूकामा भने आयताकार प्वालहरू भेटिएका र माटाका थुप्रै टुक्राहरू फेला परेका थिए ।

तपाईको प्रतिक्रिया