हात्ती आतङ्क नियन्त्रण गर्न माग

  फागुन १२, २०७९

नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरी गाउँपालिकामा ‘एमगज’ नामक हात्तीको आतङ्क बढेको भन्दै हात्ती आतङ्क नियन्त्रण गरी पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बेठकमा समय मागेर उहाँले एमगज हात्तीको आक्रमणबाट हालै मनहरि–४ निवासी ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको भन्दै हात्ती आतङ्क नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । हात्तीले स्थानीय जनताको घर भत्काउने, बाली नष्ट गर्ने र विद्यार्थीलाई विद्यालय जान त्रास बढेको भन्दै सांसद बर्तौलाले हात्ती आतङ्क नियन्त्रण गर्न वन तथा निकुञ्ज विभागका कर्मचारीले चासो नदिएको गुनासो गर्नुभयो । नागरिक उन्मुिक्त पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकमा लागुऔषध दुव्र्यसन बढ्दै जाँदा देशको आर्थिक अवस्थामा समेत प्रतिकूल असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकार गठन भएको दुई महिना बितिसक्दा पनि संवैधानिक परिषद्को गठनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया